प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ र दिनुहुँदैन भन्ने विषयमा कानुन व्यवसायीबीच जुहारी

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ र दिनुहुँदैन भन्ने विषयमा कानुन व्यवसायीबीच जुहारी

काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्छ र दिन हुँदैन भन्ने विषयमा कानुन व्यवसायीबीच जुहारी नै चलेको छ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एसाेसिएसनको अगुवाइमा अधिकांश अधिवक्ताहरूले कालोपट्टी बाँधेर विरोध गरिरहेको बेला केही अधिवक्ताहरू भने सेतोपट्टी बाँधेर इजलासको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्।

इजलासको माग गर्दै प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत नेपाल, भूमिनन्द चुडाल लगायत छन्। कानुन व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरू सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरू वञ्चित भएको विषयमा सहमत नभएकाले सेतोपट्टी बाँधेर प्रदर्शन गरेको बताए।

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन्। न्यायाधीशहरूले पनि इजलास बहिष्कार गरेका छन्।

कात्तिक १४, २०७८ आइतबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।