१० लाख मात्रा भेराेसेल खाेप नेपाल आइपुग्यो, अरू ५० लाख आउँदै
काठमाडौंः कोरोना भाइरसविरुद्धको १० लाख २० हजार मात्रा (डोज) भेरोसेल खोप बुधबार चीनबाट नेपाल आइपुगेको छ। सो खोप सरकारले कोभ्याक्स कष्ट सेयरिङअन्तर्गत खरिद गरेको खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए।
उनले भने,‘भेरोसेल खोप आएको हो। हामीले खरिद गरेर ल्याएको हो।’
कोभ्याक्स कष्ट सेयरिङअन्तर्गत नेपालले ५९ लाख मात्रा भेरोसेल खोप चीनसँग खरिद सम्झौता गरेकोमध्ये १० लाख २० हजार मात्रा खोप नेपाल आइपुगेको र बाँकी खोप क्रमिक रूपमा आउने दाहालले जानकारी दिए।
कोभ्याक्सले विभिन्न कम्पनीमार्फत किनेर राखेको खोप कोभ्याससँग किन्दा सिधै अन्य कम्पनीसँग किनेकाे भन्दा सस्तो मूल्यमा पाइएको उनले जानकारी दिए। ‘कोभ्याक्सले नै विभिन्न कम्पनीहरूबाट किनेर राखेको हुन्छ’, उनले भने, ‘त्यो हामीले किन्दा अरू कम्पनीसँग सिधै किन्नुभन्दा सस्तो मूल्यमा पाइन्छ।’
कात्तिक १०, २०७८ बुधबार १३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।