प्रधानन्यायाधीश र असन्तुष्ट न्यायाधीशहरूबीचकाे छलफल सकियाे

प्रधानन्यायाधीश र असन्तुष्ट न्यायाधीशहरूबीचकाे छलफल सकियाे

काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरू र प्रधानन्यायाधीशबीचको छलफल सकिएकाे छ। न्यायाधीशहरूकाे आन्तरिक छलफलपछि न्यायाधीशहरू प्रधानन्यायाधीश जबरालाई भेट्न उनको कार्यकक्षतर्फ लागेका थिए।

सोमबार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनको कुरा सुन्ने र निकासका लागि आग्रह गर्ने निर्णय गरेको थियो। आइतबार १४ न्यायाधीशको छलफल भएकोमा मङ्गलबारसम्म आइपुग्दा साे सङ्ख्या १५ पुगेको छ।

सोमबार बिदामा बसेका न्यायाधीश नहकुल सुवेदी मङ्गलबार उपस्थित भएका थिए भने बिदामा रहेका न्यायाधीश कुमार चुडाल पनि बिदाबाट फर्किएपछि न्यायाधीशहरूको बैठकमा उपस्थित भएका थिए।

जबरासँगकाे भेटपछि न्यायाधीशहरू पुन: बैठक बसेर भावी रणनीति तय गर्न आन्तरिक छलफलमा बसेका छन्।

कात्तिक ९, २०७८ मंगलबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।