बालबालिका माेबाइलमै अल्झिन थालेपछि फिरफिरे युथ क्लबले आयाेजना गर्याे 'जुनियर फुटबल फेस्टिभल'
काठमाडाैंः सातदेखि १३ वर्षका बालबालिकालाई लक्षित गर्दै फिरफिरे युथ क्लबले ललितपुरकाे महालक्ष्मी नगरपालिका-८ चारघरेमा जुनियर फुटबल फेस्टिभल, २०७८ आयाेजना गरेकाे छ। फिरफिरे युथ क्लब र ब्लूम नेपाल स्कुलकाे संयुक्त आयाेजनामा फुटबल फेस्टिभल आयाेजना गरिएकाे हाे।
महालक्ष्मी नगरपालिकाका मेयर रामेश्ववर श्रेष्ठ, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी म्याक्स बस्नेत र ललितपुर खेलकुद प्रशिक्षण केन्द्रका अध्यक्ष सिद्धि व्यञ्जनकारकाे उपस्थिती रहेकाे कार्यक्रममार्फत प्रथम र दाेश्राे हुने टाेलीलाई जर्सी प्रदान गरिएकाे थियाे भने अन्य सहभागीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएकाे थियाे।
यस्तै कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूकाे पनि उपस्थिति रहेकाे थियाे।
फुटबल फेस्टिभलमा कूल ६ टाेलीकाे सहभागिता रहेकाे थियाे। काेराेना महामारीयता बालबालिकाहरू धेरैजसाे माेबाइल र डिजिटल डिभाइसमै घाेत्लिने गरेकाे र सामाजिकीकरण हुनबाट वञ्चित भएकाे भन्दै फेस्टिभल आयाेजना गरिएकाे क्लबका अध्यक्ष निश्चल घिमिरेले बताए।
'बालबालिकालाई खेलकुद पनि आफू र देश चिनाउने गतिलाे माध्यम हाे भन्ने धारणा विकास गर्न फेस्टिभल आयाेजना गरेका हाैँ', उनले भने।
कार्यक्रममा शिक्षा टेक्नाेलाेजी र महालक्ष्मी नगरपालिकाकाे पनि सहकार्य रहेकाे थियाे।
२४ असोज, २०७८, ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।