लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने, एकीकृत समाजवादीलाई एउटा मन्त्रालय

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने, एकीकृत समाजवादीलाई एउटा मन्त्रालय

मुख्यमन्त्री कुलप्रसाद केसीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो लागेको माओवादीका एक नेताले बताए। माओवादी केन्द्रको भागमा मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय परेको छ।

माओवादीका ४ मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी)लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ति मन्त्री बन्दै छिन्। माओवादीको कोटाबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्नेछिन्। 

नेपाली कांग्रेसले पनि दुई मन्त्रीको नाम टुंगो लगाएको प्रमुख सचेतक फकरूद्धिन खानले बताए। वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय कांग्रेसले गरेको प्रमुख सचेतक खानले बताए।

कांग्रेसले चार मन्त्रालय पाएको मध्ये एक मन्त्रीको नामका बारेमा अहिले छलफल चलिरहेको छ। कांग्रेसले पर्यटन ग्रामीण तथा शहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको थियो।

२२ असोज, २०७८, १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।