कपिलवस्तुकाे कृष्णनगरमा फैलियाे झाडापखाला : २ काे मृत्यु, सयाैँ बिरामी

कपिलवस्तुकाे कृष्णनगरमा फैलियाे झाडापखाला : २ काे मृत्यु, सयाैँ बिरामी

स्थानीय शिवराज अस्पताल बहादुरगञ्जमा हिजो रातिदेखि उपचारको लागि आउनेको सङ्ख्या बढेको अस्पतालका डाक्टर मुकेश चौधरीले बताए। अहिले अस्पतालमा ५२ जना भर्ना रहेका छन् भने ७ जनालाई थप उपचारको लागि अन्यत्र रिफर गरिएको चौधरीले बताए।

नगरपालिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखालाका बिरामी निरन्तर बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ। प्रकोपका कारण दुई जनाको ज्यान पनि गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन्।

कृष्णनगर-९ का ५ वर्षीय राज काश्यप र कृष्णनगर-८ का ४० वर्षीय राप्रसाद केवटको स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हाे। अहिलेसम्म विभिन्न गाउँका दुई सयभन्दा बढी मानिसहरू बिरामी परेका छन्।

झाडापखालाको महामारी फैलिएसँगै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको टोली बहादुगञ्ज पुगेको छ।

असोज १९, २०७८ मंगलबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।