चिनियाँ खाेप डेल्टा भेरियन्टविरुद्ध ७९ प्रतिशत प्रभावकारी

चिनियाँ खाेप डेल्टा भेरियन्टविरुद्ध ७९ प्रतिशत प्रभावकारी

एजेन्सीः कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको बताइएकाे छ। चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको बताइएकाे हो।

कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने साे खाेप ७९ प्रतिशत प्रभावकारी देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ।

प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ। खोप उत्पादक कम्पनी क्लोभरको आधिकारीक वेभसाइटमा ३० हजारभन्दा बढी वयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ।

परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जीयम गरी ५ देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ।

असोज ९, २०७८ शनिबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।