मनछुने दुई प्रसङ्गहरु

मनछुने दुई प्रसङ्गहरु

आईसक्रिम

एकपटक एउटा सानो बालक एउटा होटलमा पुग्यो त्यहाँ उसको अर्डर लिनको लागि एउटा वेटर आयो । बालकले वेटरलाई भनिला आईसक्रिमको मूल्य सोध्यो । वेटरले त्यसलाई ५० रुपैयाँ पर्ने बतायो । बालकले खल्तिमा हात हाल्यो र पैसा गन्यो । उसँग ५० रुपैयाँ रहेछ । उसले वेटरलाई त्योभन्दा अलिकति सस्तो कुन फ्लेवरमा छ ? भनेर सोध्यो । वेटरले त्योभन्दा सस्तो सुन्तला फ्लेवरको आईसक्रिम रहेको अनि त्यसलाई ३५ रुपैयाँ पर्ने बतायो । बालकले सुन्तला फ्लेवरको आईसक्रिम मगाएर खायो अनि बिल मगायो । वेटरले बिल ल्याईदिएपछि बालकले आईसक्रिमको  ३५ रुपैयाँको साथमा १५ रुपैयाँ टिप्स पनि थपेर त्यहाँ राखेर गयो ।

 

बसको झ्यालको सीट


एकपटक बाबुछोराले एउटा बसमा यात्रा गरिरहेका थिए । छोरो २०-२१ वर्षजतिको थियो । बस कुदिरहँदा छोराले आफु झ्यालमा बस्न खोजेको कुरा बतायो । बाबा पनि मुसुक्क हाँस्दै झ्यालतिरको सीट छाडिदिए । त्यसपछि त्यो युवक बाहिरको दृश्यहरु देखेर सानो बच्चाजस्तै खुशी हुँदै कराउन थाल्यो । टाढा टाढा आफुहरुसँगै कुदिरहेका रुख देख्दा उ निकै रमाउँनेगथ्र्यो । उसका बाबा पनि युवकलाई साथ दिँदै मुस्कुराईरहेका थिए । यो देखेर त्यहाँका केही यात्रुहरुलाई निकै अप्ठ्यारो लाग्यो । उनीहरु सबैले त्यो युवकको मानसिक अवस्था ठीक नभएको अनुमान लगाए । ती मध्ये एकजना त अघि सरेर युवकको बाबालाई सुझाब पनि दिईहाल्यो ।
"तपाईंको छोरालाई अस्पताल लैजानुपर्छजस्तो लाग्यो ।"
युवकका बाबाले मुसुक्क हाँस्दै भने,
"अब पर्दैन ऊ जन्मैदेखि दृष्टिबिहीन थियो तर केहिदिन अघिमात्र एउटा अपरेशन गरेपछि उसले देख्न थालेको छ । उसले देख्नथालेपछि पहिलोपटक यसरी बसमा यात्रा गर्दैछ । त्यसैले उ निकै रोमाञ्चित भईरहेको छ ।"
युवकका बाबाको यो जवाफले सबै यात्रुहरु लज्जित भए र माफी पनि मागे ।

असार ३, २०७८ बिहीबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।