आइतबार १६ बैशाख, २०८१
निषेधाज्ञाले छेक्न नसकेको बाल्यकाल
काठमाडौँ : कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाएपछि विद्यालय बन्द छन्। टोल सुनसान छ। न चौरमा खेल्ने वातावरण न साथीहरूसँग घुमघाम।
बढो सकसमा बितिरहेको छ बालबालिकाको दैनिकी। तैपनि लुकिछिपी मनोरञ्जन गर्न लुसुक्क घरबाट निस्कनेहरू छन् है। जहाँ अलि खुला ठाउँ छ। हाँसखेल गर्ने ठाउँ छ त्यहाँ साथीहरू भेला भएर रमाइरहेका छन् बालबालिका।
उकेराकर्मी टोखामा पुग्दा एक हुल बालबालिका कोही घर पालुवा जनावर बोकेर चराउन निस्किरहेका थिए। कोही खोलामा पौडिँदै माछा मारिरहेका थिए।
२१ जेठ, २०७८, १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।