बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै ६७ वर्षीय र ३२ वर्षीय पुरुष र २८ वर्षीया महिलामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो।
बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि त्यहाँबाट नेपाल आएका ६ जनालाई निगरानीमा राखिएको र नेपालमा परीक्षण गर्दा तीन जनामा ‘एस–जेने टार्गेट’ नेगेटिभ देखिएपछि नयाँ प्रजातिको भाइरस संक्रमण भए/नभएको पुष्टि गर्नका लागि गत पुस २७ गते नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो।
यस्तै, मन्त्रालयले कोरोना खोप उपलब्ध नभएसम्म सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
मन्त्रालयले सकेसम्म भीडभाडमा नजान, जानै परे दुई मिटरको दूरी कायम गर्न, बाहिर जाँदा अनिवार्यरूपमा मास्क लगाउन र साबुन पानीले हात धुन तथा स्यानिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।
माघ ५, २०७७ सोमबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।