बाँकेमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : बाँकेमा उपचाररत दुईजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको आज (आइतबार) मृत्यु भएको छ। 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रोल्पाको लिवाङ–४ की ४२ वर्षीया र नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको बबई–६ की ८० वर्षीया महिलाको मृत्यु भएको हो।

दाङकी ८० वर्षीया महिलाको आइतबार बिहान ६ः३० बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ। यही पुस १० गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उनी अस्पताल भर्ना भएकी थिइन्। 

यसैगरी, रोल्पाकी ४२ वर्षीया महिलाको बिहान ३ः३० बजे मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ। उनी हिजो अस्पताल भर्ना भएकी थिइन्। 

पुष २६, २०७७ आइतबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।