बाँकेमा दाङका थप दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं : बाँकेमा थप दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको ज्यान गएको छ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बिहीबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका दाङ, तुलसीपुरका ८१ वर्षीय र नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।
८१ वर्षीय पुरुषलाई गत शनिबार कोरोना पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयका अनुसार ४५ वर्षीय पुरुष यही मंसिर ४ गते अस्पताल भर्ना भएका थिए।
मंसिर १९, २०७७ शुक्रबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।