कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको निको हुने दर ८१ प्रतिशत छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सोमबार साँझसम्म एक लाख ९७ हजार २४ जनामा संक्रमण पुष्टि भएकोमा एक लाख ५९ हजार ७२४ निको भएका छन्।
पछिल्लो २४ घण्टामा एक हजार ७९८ कोरोना संक्रमित निको भएका छन्।
देशभर पछिल्लो २४ घण्टामा दुई हजार ५७१ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये एक हजार ५२० पुरुष र एक हजार ५१ महिला छन्।
देशभर अहिलेसम्म कोरोना संक्रमित एक हजार १२६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कात्तिक २४, २०७७ सोमबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।