भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
भैरहवा : बाँकेको भेरी अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार दाङ, घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको हो।
यही कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई गत बिहीबार साँझ अस्पतालमा भर्ना गरिएको थियो।
त्यसअघि ती पुरुषको दाङ, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार गरिएको थियो। उपचार गर्दा पनि स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि ती पुरुषलाई भेरी अस्पताल भर्ना गरिएको थियो।
योसँगै दाङका मृत्यु हुने कोरोना संक्रमितको संख्या १८ पुगेको छ।
कात्तिक २२, २०७७ शनिबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।