मंगलबार १२ फागुन, २०८२
आधा घण्टामा बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु
दुवै जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार पुरुषको शुक्रबार राति ९ बजे र युवतीको ९ः३० बजे मृत्यु भएको हो।
असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो। उनलाई प्लाजामा थेरापी लगायत विधिबाट पनि उपचार गरिएको थियो। त्यस्तै, असोज २९ गते अस्पताल भर्ना भएकी युवतीमा पनि श्वासप्रश्वासको समस्या थियो।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
कात्तिक १, २०७७ शनिबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।