अंक र अक्षरबीचको अनौठो संयोग
अंग्रेजीमा अंक र अक्षरबीचको एउटा अनौठो तर गजबको संयोग शायद तपाईंहरुले याद गर्नु भएको छैन होला ।
अंग्रेजीमा अंक र अक्षरबीचको एउटा अनौठो तर गजबको संयोग शायद तपाईंहरुले याद गर्नु भएको छैन होला । तपाईंलाई अंग्रेजीको A B C D त अवश्य पनि आउँछ । अनि अंग्रेजीमा 1, 2, 3, 4 पनि नआउने कुरै भएन, तर के तपाईंले यी कुराहरु कहिल्यै याद गर्नुभएको छ ?
अंग्रेजीका 1 देखि 99 सम्मको स्पेलिंगमा A, B, C र D अक्षर हुँदैन । 100 मा पुगेपछि मात्र D अक्षर आउँछ ।
यसैगरी 1 देखि 999 सम्म नै A,B, र C अक्षर हुँदैन । एक्कैचोटी 1000 को स्पेलिंगमा अक्षर A आउँछ ।
त्यतीमात्र हैन रमाईलो कुरो त B र C अक्षर त 1 देखि 999,999,999 सम्मको स्पेलिंगमा नै आउँदैन । एक्कैचोटी 1,000,000,000 मा पुग्दा Billion को स्पेलिंगमा मात्र B अक्षर आउँछ ।
असोज २८, २०७७ बुधबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।