रूपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं : रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी असोज २ गते अस्पताल भर्ना भएका थिए। सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो।
उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगीसमेत रहेको अस्पतालले जनाएको छ।
असोज २७, २०७७ मंगलबार १३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।