४०४७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ।
यस्तै कोरोना संक्रमित ६ सय ४५ जनाको मृत्यु भएको छ।
नयाँ संक्रमितमध्ये २ हजार २ सय ८३ जना काठमाडौं उपत्यकाका छन्। जसमध्ये काठमाडौंका १ हजार ८ सय ८८ ललितपुरका २ सय ७७ र भक्तपुरका १ सय १८ जना छन्।
असोज २६, २०७७ सोमबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।