बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु
भैरहवा : बाँकेमा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ।
कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
यी दुवैको क्रमशः बिहान ३ः३० र ४ः१५ बजे मृत्यु भएको उनले बताए।
श्रेष्ठका अनुसार दुवैलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनीहरुको प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको श्रेष्ठले जानकारी दिए।
असोज १३, २०७७ मंगलबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।