अव कोरोनासँग यसरी सुरक्षित बनौँ

अव कोरोनासँग यसरी सुरक्षित बनौँ

काठमाडौंः हाल देशभर बन्दाबन्दी खुकुलो भएको छ । बन्दाबन्दी खुलेसंगै विस्तारै जनजिवन सामान्य बन्दै गएको छ ।तर, कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्दै गएको छ । चिकित्सकहरुले स्वयम् व्यक्ति आत्मानुशासन हुन जरुरी रहेको बताएका छन् ।

बन्दाबन्दीमा सुरक्षित रहन के गर्नुपर्ला भनेर सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन र जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेको सुझाव समेटेका छौं ।

– मास्कको समुचित रुपमा प्रयोग गर्ने 
–हातले नाक,मुख, वा शरीरका अंगहरुले नछुने 
–सम्भव भएसम्म कम्तिमा दुई मिटरको दुरी कायम गर्ने
–भीडभाडमा नजाने, भीडभाड नगर्ने     
–सकभर साबुनपानीले हात धुने, त्यो नभएको अवस्थामा स्यानिटाइजरले हात सफा गरिरहने
–बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने
–काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने, कुरा गर्दा मास्क लगाउने 
–खुल्यो भनेर बिनाकाम घरबाहिर ननिस्किने 
–व्यवसायीहरुले ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने, भीडभाड नगराउने 
–पसल र हरेक सामान संक्रमणरहित बनाउने 
–चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने 
–कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन, हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने 
–सामान किन्दा धेरै छान्ने काम नगर्ने । किनमेलको लिस्ट घरमै बनाएर जाने, पसलहरुमा एकदम छोंटो समय बिताउने: जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ  ।
–सकभर तरकारी बजारबाट तरकारी नकिन्ने, घर नजिकको पसलबाट किन्ने, बसेर छान्ने, छाम्ने काम नगर्ने 
–डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन, तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने, लामो समय नबिताउने
–भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने, कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन, पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन 
–बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने, क्यासलेस लेनदेनलाई प्रेरित गर्ने, टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने, फाइललाई डिजिटल बनाउने ।
–रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने, बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ  ।
–सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने 
–कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने 
 

असोज २, २०७७ शुक्रबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।