काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। भैरहवास्थित सिद्धार्थ रंगशालामा मधेश प्रदेश र कोशी प्रदेश भिड्दा दाङको लमही क्रिकेट मैदानमा कर्णाली प्रदेश र गण्डकी प्रदेश भिड्दैछन्। दुवै खेल विहान नौ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा मधेशको यो पहिलो खेल हो भने कोशी पहिलो खेलमा लुम्बिनीसँग २६ रनले पराजित भएको थियो। यस्तै कर्णाली र गण्डकीको भने यो दोस्रो खेलहरु हुन्। कर्णालीले आफ्नो पहिलो खेलमा सुदूरपश्चिमलाई ७९ रनले पराजित गर्दा गण्डकी भने सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो। यसअघि हिजो भएको खेलम…
इनरुवा : सुनसरीको गढी गाउँपालिका-५ मा घर निर्माणका क्रममा पिल्लर ढल्दा घाइते भएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय हारुन साफीका १४ महिनाका छोरा अरमान साफी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए। पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं : हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जसकारण देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई याताया…
काठमाडौं : कास्की केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ। बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प आसपासका जिल्लामा पनि महशुस भएको थियो। यसअघि फागुन २४ गते बिहानै बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
काठमाडौँ : पोखराको बसाइ सकाएर आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएर निर्मल निवास गए। आइतबार बेलुका राजतन्त्र समर्थकहरूको स्वागतसहित उनी निकै प्रफुल्ल मुद्रामा निर्मल निवास प्रवेश गरे। पूर्व राजाको स्वागतमा सडकमा देखिएको सङ्ख्या अनि लागेको नाराले भने गणतन्त्रको पक्षधर दलका नेताहरूको मनमा झस्का हान्यो। पूर्व राजा ज्ञानेन्द्र निर्मल निवास छिरेर मौन छन्। गणतन्त्र पक्षधर नेताहरू सोमबार दिनभर प्रतिक्रिया दिन व्यस्त छन्। आइतबार विमानस्थलको गोल्डेन गेटदेखि निर्मल निवाससम्म देखिएको दृश्यबारे विश्लेषण गर्न सोमबार माओवादी केन्द्र र …
काठमाडौं : अमेरिकी सहयोग नियोग युएसएडले नेपाललाई वित्तीय संघीयता अन्तर्गत दिएको दुई अर्ब रुपैयाँको पहिलो चरणको कार्यक्रम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आ…
मिथकीय पात्रलाई गौरवीकरण गर्दै छद्म राष्ट्रियताको प्रारूप तयार गर्ने पद्धतिलाई भत्काएर तथ्यमा आधारित इतिहास लेख्ने जग संशोधन मण्डलले निर्माण गर्यो। यसका प्रणेता गणितज्ञ नयराज पन्त हुन्। वनारसमै अध्ययन गरेका पन्तले आधुनिक शिक्षा पद्धतिले भारतीय उपमहाद्विपको उन्नति हुँदैन भन्ने …