विश्व लगानीकर्ता सप्ताह २०२४ : एनआइएमबि एस क्यापिटलको शिक्षा तथा सचेतना कार्यक्रम

विश्व लगानीकर्ता सप्ताह २०२४ : एनआइएमबि एस क्यापिटलको शिक्षा तथा सचेतना कार्यक्रम

काठमाडौं : ‘विश्व लगानीकर्ता सप्ताह २०२४’को सन्दर्भमा एनआइएमबि एस क्यापिटल लिमिटेडले नुवाकोटको विदुरमा शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

एक सयभन्दा बढी स्थानीयहरूको सहभागिता रहेको कार्यक्रममा नेपालमा शेयर बजारको वर्तमान अवस्था, यसका चुनौति र सम्स्याबाट जोगिने उपायहरुका साथै नेपाली शेयर बजारका विभिन्न पक्षहरुको सम्बन्धमा प्रशिक्षणमूलक अभिव्यक्ति दिएका थिए।

कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषता सहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो भने एनआइएमबि एस क्यापिटलले प्रदान गर्ने सेवाहरूको बारेमा समेत विस्तृत रूपमा जानकारी गराइएको थियो।

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सुरक्षा समितिका सम्पूर्ण सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका साथै स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

विश्व लगानीकर्ता सप्ताह, २०२४ अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ)द्वारा प्रवर्द्धन गरिएको एक हप्ता लामो विश्वव्यापी अभियान हो, जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूणर् क्षेत्रहरुमा धितोपत्र नियामकहरुको विभिन्न पहलहरुलाई केन्द्रिकृत गर्दछ।

कात्तिक १४, २०८१ बिहीबार १३:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।