उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी : दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

दक्षिण कोरियासँग तनाव बढ्दै गएको र छिमेकी देशप्रति पनि लगातार आक्रामक शैलीमा प्रस्तुत भइरहेको समयमा उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो।

उत्तर कोरियाले स्थानीय समय अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो।

यसअघि बुधबार नै दक्षिण कोरियाले नोभेम्बर ५ मा हुने अमेरिकी चुनावअघि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गर्न सक्ने चेतावनी दिएको थियो।

गत वर्षको डिसेम्बरमा पनि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

जापानले उत्तर कोरियाले प्रक्षेपणमा निगरानी राखिरहेको र उक्त क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहान ८ः४० बजे समुन्द्रमा खसेको अनुमान गरिएको छ।

कात्तिक १४, २०८१ बिहीबार ०९:१५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।