कमला ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्धमा लाखौं मानिस मर्छन् : ट्रम्प

कमला ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्धमा लाखौं मानिस मर्छन् : ट्रम्प

एजेन्सी : रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी कमला ह्यारिसले जितेमा तेस्रो विश्वयुद्ध हुने टिप्पणी गरेका छन्।

आफ्नो एक सम्बोधनमा कमला ह्यारिसलाई निशाना बनाउँदै ट्रम्पले यस्तो बताएका हुन्।

‘यदि उनले (कमला ह्यारिस) जितिन् भने तेस्रो विश्वयुद्धमा लाखौं मानिस मर्नेछन्,’ ट्रम्पले भने, ‘जसका कारण उनी अमेरिकाको राष्ट्रपति बन्न योग्य छैनन्।’

कमलालाई कसैले पनि सम्मान र विश्वास नगर्ने भन्दै उनले कसैले पनि उनलाई गम्भीर रूपमा नलिने ट्रम्पको भनाइ छ।

यसअघि डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पबारे टिप्पणी गर्दै आफूहरूलाई विभाजित गर्न चाहेकाे बताएकी छन्।

कमला ह्यारिसले थप भनिन्, ‘तर अहिले धेरै मानिसहरू यी सबै कुराबाट थाकेका छन्। उनीहरू एक अर्कामा औंला उठाउन चाहँदैनन् तर हात मिलाउन चाहन्छन्।’

कात्तिक १४, २०८१ बिहीबार ०८:२६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।