कार्यकर्तालाई ओलीको निर्देशन 'अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका भ्रम चिर्नू'

कार्यकर्तालाई ओलीको निर्देशन 'अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका भ्रम चिर्नू'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने दाबी गरेका छन्। 

एमालेको सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समय तालिका तोकेर राहत र पुनःस्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउन निर्णय गरिएको बताए। 

त्यसक्रममा एमाले अध्यक्ष्यसमेत रहेका ओलीले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न ती कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए। 

एमालेको जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले किसानका पाकेका धानबाली र सयौँ सङ्ख्यामा पशु चौपायामासमेत क्षति भएकाले पुनर्निर्माण र पुनःस्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहत प्याकेजको माग गरेका थिए।  

कात्तिक ३, २०८१ आइतबार १३:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।