बमले उडाइदिने धम्कीपछि दिल्लीबाट लण्डन उडेको भिस्तारा एयरलाइन्सको जहाज फ्र्याङ्कफर्ट डाइभर्ट
एजेन्सी : शुक्रबार दिल्लीबाट लण्डन गइरहेको भिस्तारा एयरलाइन्सको उडानलाई बमले उडाइदिने धम्कीपछि जर्मनीको फ्र्याङ्कफर्टतर्फ डाइभर्ट गरिएको छ।
शनिबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ एक जानकारी शेयर गर्दै एयरलाइन्सले युके१७ जहाजलाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको जानकारी दिएको छ।
अर्को ‘एक्स’ मा भिस्ताराले फ्र्याङ्कफर्टतर्फ डाइभर्ट गरिएको उडान नम्बर युके१७ फ्र्याङ्कफर्ट एयरपोर्टबाट उडेको र छिट्टै लण्डन पुग्ने समेत बताएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार बिहान ‘भिस्तारा’का प्रवक्ताले उडान फ्र्याङ्कफर्ट विमानस्थलमा सुरक्षित अवतरण भएको र अनिवार्य जाँच भइरहेको बताएका थिए।
प्रवक्ताले भने, ‘अक्टोबर १७, २०२४ मा दिल्लीबाट लन्डनका लागि उडान गर्ने तालिकाको भिस्टारा उडान युके१७ लाई सामाजिक सञ्जालबाट सुरक्षा खतरा प्राप्त भयो। प्रोटोकल अनुसार सबै सम्बन्धित अधिकारीहरूलाई तुरुन्तै सूचित गरेर पाइटलटहरूले जहाजलाई फ्र्याङ्कफर्टमा डाइभर्ट गर्ने निर्णय लिए।’
कात्तिक २, २०८१ शनिबार ११:३२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।