न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा भारतलाई शुरुवाती झट्का, विराट र सरफराज शून्यमा आउट
एजेन्सी : बैंगलोरको चिन्नास्वामी स्टेडियममा घरेलु टोली भारत र न्युजिल्यान्डबीचको पहिलो टेष्टकाे दोस्रो दिन भारतलाई सुरुवाती झट्का लागेको छ।
पहिलो दिन वर्षाका कारण स्थगित भएको टेष्ट दोस्रो दिनमा मात्र टस भएको थियो। जसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।
तर, अहिलेसम्मको खेलको अवस्था हेर्दा रोहित शर्माको यो निर्णय अहिले गलत सावित भएको देखिन्छ। भारतले शुरुवाती १३ रनमै तीन महत्वपूर्ण विकेट गुमाएको छ।
भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र सरफराज खान तीन जना आउट भएका छन्। जहाँ रोहित शर्मा दुई रनमा आउट हुँदा विराट कोहली र सरफराज खान दुवै खाता नखोल्दै आउट भए।
अहिले यशस्वी जैसवाल र ऋषभ पन्त क्रिजमा छन्।
भारत भ्रमणमा रहेको न्युजिल्याण्डले त्यहाँ तीन टेस्टको सिरिज हुनेछ। यसअघि यो टोलीले श्रीलंका भ्रमणमा रहेको टोलीले दुई टेष्ट खेलको सिरिज हारेको थियो।
असोज ३०, २०८१ बिहीबार ११:३३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।