उत्तरी लेबनानमा सोमबार पनि इजरायली हवाई जारी, २१ जनाको मृत्यु

उत्तरी लेबनानमा सोमबार पनि इजरायली हवाई जारी, २१ जनाको मृत्यु

एजेन्सी : उत्तरी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा सोमबार इजरायलले हवाई आक्रमण गरेको थियो। यस क्षेत्रमा अधिकांश क्रिस्चियनहरू बसोबास गर्छन्।

इजरायलले हिजबुल्लाहका लक्ष्यहरूमाथि आक्रमण गर्ने क्षेत्रहरूबाट अयोटो टाढा छ। द्वन्द्वका कारण विस्थापित परिवार यस गाउँमा बस्दै आएको त्यहाँका स्थानीयलाई उद्धृत गर्दै लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायली सेनाले यस आक्रमणको बारेमा केही बताएको छैन। तर, यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेरुतसहित हिजबुल्लाहका अड्डा भएका सबै क्षेत्रमा क्रूर हमला गरिने बताएका थिए।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा १७ सय जनाको मृत्यु भएको छ।

असोज २८, २०८१ मंगलबार ११:००:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।