गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

एजेन्सी : गाजाको एक विद्यालयमा भएको इजरायली आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। कम्तीमा ५० जना घाइते भएका छन्।

यो विद्यालय विस्थापित प्यालेस्टिनीहरूको लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेको थियो।

गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले आइतबार नुसैरत शिविरमा भारी गोलीबारी भएको जनाएको छ।

सिभिल डिफेन्सका प्रवक्ताले भने, ‘आक्रमण अल-मुफ्ती स्कूलमा गरिएको थियो, जहाँ गाजा वरपरका सयौं विस्थापित मानिसहरूले आश्रय लिएका थिए।’

हालै, गाजाको उत्तरी क्षेत्रमा द्वन्द्व भइरहेको छ। त्यहाँ इजरायली सेनाले फिल्ड अपरेशनको भागको रूपमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ।

असोज २७, २०८१ सोमबार ०९:२४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।