ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ

ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ

एजेन्सी : शनिबार क्यालिफोर्नियाको कोचेलामा डोनाल्ड ट्रम्पको र्याली नजिकै एक व्यक्तिलाई पक्राउ गरिएको छ।

ती व्यक्तिको साथबाट एउटा पेस्तोल र एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

४९ वर्षीय वेम मिलरले कालो रङको एसयूभी चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा चौकी नजिकै रोकेका थिए।

रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ। मिलरलाई लोडेड बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको अभियोग लगाइएको छ।

अमेरिकी गुप्तचर सेवाले डोनाल्ड ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको बताएको छ। स्थानीय प्रहरीले पक्राउ परेका अभियुक्तलाई ‘मानसिक सन्तुलन’ ठिक नभएको बताएको छ।

प्रहरी कार्यालयका अनुसार यो घटनाले ट्रम्पको सुरक्षा वा र्यालीमा उनको उपस्थितिमा भने कुनै फरक परेको छैन।

असोज २७, २०८१ सोमबार ०९:०३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।