पाकिस्तानको सबैभन्दा गरिब प्रान्तमा गोली हानेर २० मजदुरको हत्या गरियो

पाकिस्तानको सबैभन्दा गरिब प्रान्तमा गोली हानेर २० मजदुरको हत्या गरियो

एजेन्सी : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनालाई निसाना बनाउँदै आएको छ। यो पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो।

आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने, '४० जना आक्रमणकारीले राति (स्थानीय समय १२ः३० बजे) आधा घण्टासम्म खानीमा गोली चलाएका थिए।'

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले आक्रमणमा सात जना घाइते भएका बताए। 

'आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,' उनले थपे।

बलुचिस्तानमा धेरै निकासी योजना विदेशी देशद्वारा सञ्चालित छन्। त्यस  योजनामा सशस्त्र समूहले आक्रमण गर्दै आएको छ।

आतंककारीले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अरू ठाउँबाट आएका आप्रवासी कामदारलाई निसाना बनाउँछन्। (रासस/एएफपी) 

असोज २४, २०८१ शुक्रबार १५:४७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।