चीनमा चिन्पान्जीले पनि चपस्टिक्सकले नुडल खान सिक्यो

चीनमा चिन्पान्जीले पनि चपस्टिक्सकले नुडल खान सिक्यो

एजेन्सी : चीनको एक चिम्पान्जीले मान्छेजस्तै चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेको छ।

चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरूको भीड लागेको छ।

२३ वर्षीय युहुइ नाम गरेको चिम्पान्जीले मानिसहरूलाई चकित पारेको यो पहिलो पटक भने होइन। यसअघि क्यामेरा सफा गरेको, साबुन र ब्रशले लुगा धोएको साथै र प्लेटहरू सफा गर्दै गरेको भिडियोहरू कैद भएका थिए।

चिडियाखानामा बस्दै आएको युहुइले मानिसको नक्कल गरेर धेरै सीपहरू हासिल गरिसकेको छ। (सीसीटीभी प्लस/एनएनबी) 

असोज २४, २०८१ शुक्रबार १४:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।