दशैंको मुखमा ‘नो हर्न’ अभियानलाई थप कडा बनाइयो, नौ हजार आठ सय सवारी साधन कारबाहीमा

दशैंको मुखमा ‘नो हर्न’ अभियानलाई थप कडा बनाइयो, नौ हजार आठ सय सवारी साधन कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको छ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ देखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो। ‘नो हर्न’लाई अभियानकै रूपमा संचालन गरि पर्चा पम्प्लेट वितरण, सचेतना कार्यक्रम संचालन, नो हर्न स्टिकर टाँसलगायत बिबिध कार्यक्रम गरि हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो।

सुरूआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएपनि पछिल्ला दिनहरूमा क्रमशः हर्नको प्रयोगमा वृद्धि भएपश्चात कडाईका साथ कारवाही ट्राफिक प्रहरीले गर्दै आएको छ। 

सवारी साधनले अनावश्यक रूपमा हर्न बजाएर बृद्धि हुने ध्वनी प्रदूषणलाई निरुत्साहित गरि प्रदूषण कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी भरत बहादुर बोहराले जानकारी दिए।

जथाभावी हर्न बजाउँदा पैदलयात्री बिशेषगरी वालवालिका, जेष्ठ नागरिक तथा बिरामीहरूको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरूलाईसमेत ध्यानमा राखी नियमित निगरानी र कारवाही गरिँदै आएको डिआइजी बोहराले बताए।

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन शुरू गरेका छन्। गत आव ०८०।८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ भने यस बर्ष समेत नौ हजार आठ सय तीस सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू र प्रेसर हर्न बजाउने सवारी साधनले बढि ध्वनी प्रदूषण गर्ने गरेको छ। 

असोज २३, २०८१ बिहीबार १६:१६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।