शुक्रबारलाई ‘छक्का पन्जा ५’ को शो बढ्दा ‘ज्वाइँ साब’को कति शो ?

शुक्रबारलाई ‘छक्का पन्जा ५’ को शो बढ्दा ‘ज्वाइँ साब’को कति  शो ?

काठमाडौं : बिहीबारदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्ममध्ये शुक्रबार ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’को शो संख्या बढेको छ।

रिलिजको दिन आजभन्दा हलहरूले शुक्रबारका लागि ‘छक्का पन्जा ५’ को ३० शो बढाएका हुन्। यस्तै ‘१२ गाउँ’को पनि सात वटा शो थपिएको छ।

‘ज्वाइँ साब’ले देशभरबाट ६० शो पाउँदा ‘बेहुली फ्रम मेघौली’ले ३० शोमा खुम्चिएको छ।

बिहीबारका लागि ‘ज्वाइँ साब’ले एक सय शो पाउँदा ‘१२ गाउँ’ले एक सय ५० र ‘छक्का पञ्जा ५’ले २ सय ५० शो पाएका थिए।

अकुपेन्सीमा ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’को प्रतिष्पर्धा देखिन्छ। ‘ज्वाइँ साब’को पनि एकुपेन्सी ठिकै छ।

भारतीय फिल्म ‘जिगरा’ले पनि देशभर ५३ शो पाएको छ।

असोज २३, २०८१ बिहीबार ११:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।