रतन टाटाको निधनमा भारतको झारखण्ड सरकारद्वारा एक दिने राजकीय शोकको घोषणा

रतन टाटाको निधनमा भारतको झारखण्ड सरकारद्वारा एक दिने राजकीय शोकको घोषणा

एजेन्सी : भारतको झारखण्ड सरकारले रतन टाटाको निधनमा एक दिने राजकीय शोकको घोषणा गरेको छ।

राजकीय शोकको घोषणा गर्दै त्यहाँका मुख्यमन्त्री हेमन्त सोरेनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

टाटा समूहको झारखण्डसँग विशेष सम्बन्ध छ। टाटा समूहले जमशेदपुरमा आफ्नो पहिलो स्टिल प्लान्ट स्थापना गरेको थियो।

जमशेदपुरका स्थानीयहरू रतन टाटाका बारेमा भन्छन्, ‘रतन टाटा जहिले यहाँ आउनुहुन्थ्यो, उहाँले मानिसहरूलाई प्रेमपूर्वक भेट्नुहुन्थ्यो। यो शहरसँग उनको विशेष सम्बन्ध छ।’

२८ डिसेम्बर १९३७ मा जन्मिएका रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको हो।

भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको थियो।

असोज २३, २०८१ बिहीबार ०९:१६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।