हेल्लो, घर हिँडियो है त ! (फोटो फिचर)

हेल्लो, घर हिँडियो है त ! (फोटो फिचर)

बुटवल : नेपालीहरूको महान चाड वडा दशैं मनाउन बुटवल बाट गाउँघर फर्कनेको भीड बढेको छ।

हिजो बुधबारसम्म कम भिडभाड रहेको बुटवलको बसपार्कमा आज भने अत्याधिक भिड छ।

विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि बुटवलमा रहेकाहरू दशैंमा आफ्नै गाउँ फर्कन लागेका हुन्।

दशैंमा परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र दशमीको दिन ठूलाबडाबाट टीका थापेर आर्शिवाद लिने गरिन्छ।

बुटवलबाट गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा, प्यूठान लगायतका जिल्लामा जानेहरूको संख्या अझ बढी छ।

असोज २३, २०८१ बिहीबार ०८:०२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।