सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं : कारोबार हुने साताको चौथो दिन बुधबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुन दुई सय रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ५९ हजार एक सय रुपैयाँ कायम भएको छ।

चाँदी तोलामा ४० रुपैयाँ घटेर एक हजार नौ सय रुपैयाँ कायम भएको छ।

असोज २२, २०८१ बुधबार ११:४९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।