अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निकाल्दै, एनआइएमबि एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकमा नियुक्त

अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निकाल्दै, एनआइएमबि एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं : जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणहरूका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ।

त्यसका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

अम्बे ग्रुपको वार्षिक कारोबार चार हजार करोडभन्दा बढी रहेको छ। जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो। श्री शोभाकर (हरि) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रहि २०७६ मा स्थापना भएको यस जय अम्बे स्टील्स लिमिटेडको उत्पादन क्षमता एक हजार टन प्रतिदिन रहेको छ।

८० प्रतिशत बजारलाई आपूर्ति गरी पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको कम्पनीको उद्योग स्थल नेपालगंजमा रहेको र उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ।

जय अम्बे स्टील्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको छ र यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा मुहत्वपूर्ण योगदान पुर्याएको छ भने स्टील आयातको आवश्यकतालाई पनि कम गरेको छ।

कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ।

सार्वजनिक निष्काशन प्रक्रियाका लागि निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकका आधिकारीक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

असोज २२, २०८१ बुधबार ११:३६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।