प्राइम बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग

प्राइम बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग

काठमाडौं : असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरो पीडितका लागि प्राइम कमर्सियल बैंकले ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको सचिव राजकुमार कार्कीले जानकारी दिए।

उक्त रकमको चेक बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे।

असोज २२, २०८१ बुधबार १०:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।