ज्योति विकास बैंकका ग्राहकलाई नि:शुल्क फन्ड ट्रान्सफर सुविधा

ज्योति विकास बैंकका ग्राहकलाई नि:शुल्क फन्ड ट्रान्सफर सुविधा

काठमाडौं : बडादशैं २०८१ को अवसरमा ज्योति विकास बैंकले नि:शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।

शून्यमै फण्ड ट्रान्सफरको योजनाले ग्राहकहरूलाई दशैंको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्द्धन हुने बैंकको विश्वास छ।

विद्युतीय कारोबारलाई ग्राहक वर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको छ।

डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्न डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

असोज २२, २०८१ बुधबार १०:०५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।