काभा भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

काभा भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। 

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो। नेपालले माल्दिभ्सलाई पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ तथा तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो।

जितसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ। 

यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। 

त्यस्तै, दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ सेटमा पराजित भएको थियो। 

तीनै खेलमा पराजित माल्दिभ्स अङ्कविहिन छ। माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलङ्कासँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो।

विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ। 

अब नेपालले यही असोज २४ मा  किर्गिस्तानसँग खेल्नेछ।  

असोज २१, २०८१ मंगलबार २१:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।