क्रूर युद्धले गाजा हजारौं प्यालेस्टिनीको चिहानमा परिणत, ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका

क्रूर युद्धले गाजा हजारौं प्यालेस्टिनीको चिहानमा परिणत, ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका

एजेन्सी : निकट पूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त-जनरल फिलिप लाजारिनीले १२ महिनाको क्रूर युद्धले गाजालाई भग्नावशेष र दशौँ हजार मानिसका लागि चिहानमा परिणत गरेको बताए।  

उनका अनुसार युद्धको सिकार भई मृत्यु वरण गर्नेहरूमा अधिकांश महिला तथा बालबालिका रहेका छन्।  

गत वर्षको अक्टोबर ७ मा सुरू भएको गाजा युद्धको एक वर्ष बितिसकेको छ भने गाजामा २० लाख मानिस युद्धका कारण पीडाको सिकार बन्न बाध्य भई जबर्जस्ती विस्थापन, रोग, भोकमरीको सामना गर्दै घेराबन्दी गरिएको इलाकामा फसेका छन्। 
  
युद्धको प्रभावले गाजाका आवश्यक पूर्वाधारको चरम विनाश भएको उल्लेख गर्दै उनले बालबालिकाहरू सबैभन्दा बढी पीडित भएको बताए।  उनका अनुसार गाजाका धेरै बालबालिकालाई हत्या र चोटपटकबाहेकका मनोवैज्ञानिक तथा अदृश्य घाउहरूले आघात पुर्याएको छ।
 
कक्षाकोठामा बसेर पढ्नुको सट्टा, निराशा र डरले भग्नावशेषबाट निस्केर ज्यान बचाउने प्रयास गर्न बाध्य छ लाख ५० हजारभन्दा बढी बालबालिकाले सिकाइ तथा शिक्षाको अधिकारसमेत गुमाउँदै गएको उनको भनाई छ।   

असोज २१, २०८१ मंगलबार २१:२८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।