भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

जानकी : भारतीय राजदूतावास काठमाडौंले बाँकेमा एक करोड १८ लाख रुपैयाँ बराबरको रहात सामग्री प्रदान गरेको छ।

दूतावासका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितका लागि भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।

प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो। सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए।

सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन्। भारत सरकारको तर्फबाट मंगलबार पनि सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौं पठाइने प्रजिअ रिजालले जानकारी दिए।

असोज २१, २०८१ मंगलबार १०:११:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।