क्यानडाको दोस्रो रोजाइको टोलीमाथि नेपालको १० रनले विजयी, करणले लिए पाँच विकेट

क्यानडाको दोस्रो रोजाइको टोलीमाथि नेपालको १० रनले विजयी, करणले लिए पाँच विकेट

काठमाडौं : क्याडानको दोस्रो रोजाइको टोली एचपी क्यानडासँगको अभ्यास खेलमा नेपाल १० रनले विजयी भएको छ।

क्यानडाको किंग सिटी मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८७ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेल्दा आरिफ शेखले ४०, सोमपाल कामीले २७ र अर्जुन साउदले १७ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

क्यानडाका जाहिद शिरजादले तीन, शील पटेल र सुखजिन्दर सिंहले दुई–दुई विकेट लिँदा जस्करण बटरले एक विकेट लिए।

१८८ रनको लक्ष्य पछ्याएको एचपी क्यानडा ४४.५ ओभरमा सबै विकेट गुमाएर १७७ रनमा समेटियो। उसका लागि अली नदीमले ८५ रनको अर्धशतकीय पारी खेल्दा मुनिर अहमद ककरले २४ र शुभम शर्माले १८ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसीले पाँच विकेट लिँदा सागर ढकालले दुई तथा ललित राजवंशी र रिजन ढकालले समान एक-एक विकेट लिए। 

असोज २१, २०८१ मंगलबार ०७:३८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।