दशैँ लक्षित नेपाल एयरलाइन्सको काठमाडौँ–भैरहवा उडान, जान सात, फर्कन तीन हजार भाडा

दशैँ लक्षित नेपाल एयरलाइन्सको काठमाडौँ–भैरहवा उडान, जान सात, फर्कन तीन हजार भाडा

काठमाडौँ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले असोज २४ गते बडादसैँको फूलपातीका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ।    

दशैँमा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्याउने उद्देश्यले निगमले काठमाडौँ-भैरहवा–काठमाडौँ उद्धार उडान गर्ने निर्णय गरेको हो। निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरूप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने/आउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाइ भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उडानको निर्णय गरेको हो।

निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आए.ए. १७ ३३ विमान काठमाडौँबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ। भैरहवाबाट काठमाडौँ उडान नम्बर आर.ए १७४३ १२ : ३० बजे भर्नेछ। यो गन्तव्यमा काठमाडौँ–भैरहवा सात हजार र भैरहवा–काठमाडौँ तीन हजार आठ सय ९० निर्धारण गरिएको छ।

असोज २०, २०८१ सोमबार २०:१३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।