नेपाल लाइफद्वारा दशैंलक्षित टिकटक प्रतियोगिता आयोजना, विजेताले ३० हजार रूपैयाँ पाउने

नेपाल लाइफद्वारा दशैंलक्षित टिकटक प्रतियोगिता आयोजना, विजेताले ३० हजार रूपैयाँ पाउने

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ। कम्पनीले ‘हामीलाई त बडादशैं लाग्यो है!’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो।

टिकटकको जिंगलमा सहभागी प्रतिस्पर्धीले आ-आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ। नेपाल लाइफबाट उपलब्ध जिंगलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ। 

कम्पनीका अनुसार विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिका आधारमा गरिनेछ।

यो प्रतिस्पर्धामा यही असोज १७ देखि कात्तिक २४ सम्म सहभागी हुन सकिनेछ। 

असोज १९, २०८१ आइतबार २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।