कार्यकर्तालाई शेखरको आग्रह : ०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ, अहिलेदेखि गाउँ-गाउँ पुगेर तयारी थाल्नुस्

कार्यकर्तालाई शेखरको आग्रह : ०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ, अहिलेदेखि गाउँ-गाउँ पुगेर तयारी थाल्नुस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रातृ संगठनहरूको अधिवेशन समयमै सम्पन्न गरेर पार्टीको महाधिवेशन गर्न दबाब बढाउन आग्रह गरेका छन्। 

आइतबार बिहान नेपाल दलित संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष एवं सदस्यहरूलाई बधाई दिँदै भ्रातृ संगठनहरूको अधिवेशन तत्काल गरेर समयमै पार्टीको महाधिवेशन गराउन दबाब बढाउन आग्रह गरे। 

‘पार्टी नेतृत्व र पदाधिकारिहरुको कार्यशैलीका कारण तोकिएको समयमा पार्टीको १५ औं महाधिवेशन हुनेमा शंका पैदा भएको छ। तर, भ्रातृ संगठनहरुले आफ्नो अधिवेशनहरू समयमै सम्पन्न गरेर पार्टी नेतृत्वलाई दबाब बढाउनुपर्छ,’ डा.कोइरालाले भने। 

त्यस्तै, उनले आगामी निर्वाचनमा कांग्रेसले कुनै राजनीतिक दलहरूसँग गठबन्धन नगरी चुनाव लड्ने भएकाले सबै कार्यकर्ताहरूले गाउँ गाउँमा पुगेर सोही अनुसारको तयारी थाल्न पनि आग्रह गरे। 

असोज १९, २०८१ आइतबार १९:४७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।