‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा २ करोड २५ लाख कलेक्सन गरेको कुरा कसरी पत्याउनु!

‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा २ करोड २५ लाख कलेक्सन गरेको कुरा कसरी पत्याउनु!

काठमाडौं : कुन फिल्मले कति कलेक्सन गर्यो भन्ने कुरामा यकिन छैन। सरकारी निकाय चलचित्र विकास बोर्डमा झण्डै चार करोड खर्चिएको बक्स अफिस, अफिसकै रुपमा मात्रै प्रयोग हुँदै आएको छ। न यो बक्स अफिसको काम छ, न कुनै सूचना नै दिन्छ। केवल कर्मचारीलाई तलब खुवाउने बाहेक केही भएको छैनन्। 

यसैको फाइदा उठाउँदै पछिल्लो समय आफ्नो फिल्म हिट भएको देखाउनका लागि निर्माता तथा फिल्मका वितरकहरुको हानथाप छ। आफ्नो फिल्मको बक्स अफिस यति भयो र उति भयो भन्दै सार्वजनिक गरिरहेका छन्। बिहिबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले आफ्नो कमाई सार्वजनिक गरिरहेको छ। 

स्वस्तिमा खड्का अभिनित तथा निर्माता रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले पर्याप्त शो पाएको थियो। यसमा कुनै शंका छैन। ३४० शो पाएर ओपनिङ भएको यो फिल्मको कमाई तीन दिनमा २ करोड २५ लाख भएको वितरकको दाबी छ। 

फिल्मको पहिलो दिनको कमाई ८० लाख कलेक्सन भएको जानकारी दिएका फिल्मका वितरक अशोक शर्माले तीन दिनको २ करोड २५ लाख भएको जानकारी दिए। 

नेपाली फिल्मका निर्माता तथा वितरकले आफ्नो फिल्मको कलेक्सन तीन गुणा बढि भन्ने गरेको आरोप लाग्दै आएका छन्। ‘बेहुली फ्रम मेघौली’को पनि यो फिल्मको कलेक्सन २ करोड २५ लाख भयो भन्ने हल्ला छ। 

साँच्चिकै फिल्मले तीन दिनमा २ करोड २५ लाख कलेक्सन गर्यो त? यसको आधिकारिक रिपोर्ट नआई यति नै यसको कलेक्सन भयो भन्न त कठिन छ। 

सरकारी निकाय चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट सार्वजनिक नहुन्जेल २ करोड २५ लाख नै कलेक्सन भयो भने पत्याउन गाह्रै हुन्छ। तरपनि निर्माण टिमको आफ्नै दाबी छ, हुन त यसलाई पत्याउने पो कसले होर!

असोज १९, २०८१ आइतबार १६:२८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।