कोसी ब्यारेजमा पानीको बहाव झण्डै छ लाख क्युसेक पुग्यो, पुलमाथिबाट पनि बग्न थाल्यो पानी

कोसी ब्यारेजमा पानीको बहाव झण्डै छ लाख क्युसेक पुग्यो, पुलमाथिबाट पनि बग्न थाल्यो पानी

काठमाडौं : कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै छ लाख क्युसेक पुगेको छ।

पछिल्लो समय कोसी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार ३८५ क्युसेक पुगेको सुनसरीका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए।

कोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ। बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए। 

बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। 

कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजको ५२, सुनसरी नहरको दुई र सप्तरीतर्फ नहरको दुई गरेर ५६ वटै ढोका खोलिएको छ। 

पानीको बहाव उच्च भएपछि सवारी तथा मानिसको अवागमनमा अर्को सूचना जारी नहुनजेलसम्मका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।  

असोज ११, २०८१ शनिबार २२:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।