मन्त्रिपरिषद बैठक : मृतकको परिवारलाई राहत, घाइतेहरूको निःशुल्क उपचार र सडक तत्काल खुलाइने

मन्त्रिपरिषद बैठक : मृतकको परिवारलाई राहत, घाइतेहरूको निःशुल्क उपचार र सडक तत्काल खुलाइने

काठमाडौं : सरकारले विपदमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ। 

शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

उनले भने, ‘क्षतिपूर्ति दिने निर्णय गरेका छौं। भारी बर्षामा परेका परीक्षाहरू समेत स्थगित गरिएका छन्। सबै घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेका छौं। तत्काल अविलम्ब अवरुद्ध भएका सडकहरू खोल्ने निर्णय समेत गरेका छौं।’

तत्काल अवरुद्ध भएका सडकहरू सञ्चालन ल्याउन पहल थाल्नेसमेत निर्णय भएको छ। 

विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरूको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने गुरुङले बताए। 

मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ।

असोज ११, २०८१ शनिबार २०:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।